दाबी भुक्तानी नदिने नेको इन्सुरेन्सको सिईओ अशोक कुमार खड्काको तलव १ करोड ७५ लाख, संचालकलाई लाखौंलाख बैठक भत्ता
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव मात्रै १ करोड ५७ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले यसमा दशैंक भत्ता लगायत अन्य भत्ता समावेश गरेको देखिदैन । कम्पनीको सिईओमा अशोक कुमार खड्का रहेका छन् । गत आर्थिक वर्ष २०७९/८० मा सिईओ खड्काको तलव १ करोड १० लाख ५० हजार रुपैयाँ मात्रै रहेको थियो ।
त्यसै गरी कम्पनीले संचालक समितिलाई बैठक भत्ता बापत २३ लाख २ हजार रुपैयाँ भुक्तानी गरेको छ । दाबी भुक्तानीमा बदनामी कमाउँदै आएको यस नेको इन्सुरेन्सले संचालक र कम्पनीको उच्च पदाधिकारीहरुमा खुलेर खर्च गरेका देखिन्छ । दाबी भुक्तानी नदिने बीमा कम्पनीमा नेको इन्सुरेन्सको नाम बीमा बजारमा पहिलो नम्बरमा आउने गरेको छ । बारम्बार दाबी भुक्तानी कम्पनीमा पेश गर्दा पनि बीमितले भुक्तानी नपाएपछि बीमित उजरी लिएर नेपाल बीमा प्राधिकरणमा पुग्ने समेत गरेका छन् । त्यसमाथि पनि यस कम्पनीका कर्मचारीले बीमा गर्दा र बीमा भुक्तानीको प्रकृयामा लिने कमिसनले बीमितहरु हैरानी मात्र भएका छैनन् । विस्तारै बीमितहरु अन्य कम्पनीमा सिफ्ट हुन थालेको छन् । नेपाल बीमा प्राधिकरणले यस कम्पनलिाई दाबी भुक्तानीमा बदमासी गरेपछि बीमकको जोखिमाङकन तथा दाबी भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन निर्देशन समेत गरेको छ ।
Shares