प्रभु इन्स्योरेन्सको १८.९४७४ प्रतिशत लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०८ असार २०८२
Image description

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०÷०८१ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले र कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९४७४ प्रतिशत नगद लाभांश गरि कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश सेयरधनीले पाउनेछन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर