समस्याको समाधान बार्ता संवादबाट गरौं ,तोडफोड हैन !
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ र सोहि बमोजिम गर्दै आइरहेको पनि छ ।
तर पछिल्लो समय केहि अराजक समुहले सप्तरी स्थित महुली लघुवित्तमा बिहिबार दिउँसो घटाएको घटना सम्भवत: लघुवित्त क्षेत्रमै बिर्सिन लायक घटना साबित भएको छ। बिरोधको नाममा भएको घटना महिला कर्मचारी माथी हातपात,अभद्र व्यवहार साथै सामुहिक लुटपाटको प्रयासमा पुग्दा अवस्था चिन्ताजनक मात्र नभई खेदजनक बन्न पुगेको थियो। त्यति मात्र नभई लघुवित्त पीडित भनिएका महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित रहेको डिप्रोक्स लघुबित वित्तीय संस्थामा तोडफोड र दुई जना कर्मचारी माथी कुटपिट गरेका समाचार आइरहेका छन्। तालाबन्दी गर्न गएका लघुवित्त विरुद्धका संघर्ष समितिका पदाअधिकारी महिलाहरुसंग सामान्य भनाभन हुँदा बिवादले उग्ररूप लिदा कर्मचारी कुटपिट भएको बुझिएको छ भने आधा दर्जन लघुवित्तका शाखाहरुमा कागजात समेत लुटिएको समाचारहरुमा आइरहेको छ ! त्यतिमात्र नभइ आजै गृहमन्त्रीको जिल्ला समेत रहेको कन्चनपुरको बेलौरीमा समेत २ वटा लघुवित्तमा तोडफोड गरिएको समाचार प्रकासित भएको छ ! यिँ र यस्ता घटना घटाउने गिरोहमाथी हाल सम्म कुनै कार्वाही भएको देखिन्न , नेतृत्वकर्ता बिदामा बस्नु भएको हो वा पर्खहेरको अवस्थामा हुन दैव जानुन , हाल सम्म एउटा विग्यप्ती सम्म आएको देखिन्न , वा मैले नदेखेको हो ! पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएको समस्याले वित्तीय क्षेत्रमा चर्चा छ । लघुवित्त विरुद्ध संघर्ष समितिले गरेको सडक आन्दोलनले वित्तीय क्षेत्रमा नै चासोको रुपमा हेरिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त संस्था विरुद्ध आन्दोलन हुँदा लघुवित्तका संचालक र कर्मचारीलाई ठूलो समस्या परेको गुनासो गरिरहेका छन् । तर, बैंक तथा वित्तीय संस्थाहरुको नियामक नेपाल राष्ट्र बैंकको मौनताप्रति पनि धेरैले प्रश्न उठाएका छन् । लघुवित्तले गलत गरेको भए कारवाही गर्नुपर्ने र गलत नगरेको भए लघुवित्त विरुद्धको आन्दोलनलाई निरुत्साहित गर्नका लागि ‘एक्शन’ लिनु पर्ने धारणा धेरैको छ । तर, राष्ट्र बैंक यस विषयमा मौन बसेको छ ।
(मेरो सुझाव/आग्रह :- सुरुमा लघुवित्त बाट कर्जा लियौ ,घरब्यवहार चलायौ ,बालबच्चा पढायौ ,घरखर्च चलायौ , माईती/मामाली जस्तो ब्यवहार थियो ,ठिकै थियो , अहिले आएर त्यहि माइति/मामालि बिरानो भयो ,नचाईने भयो है दिदि बहिनीहरु ,ख्याल गरौ तपाईहरु पछिको पिढि ,सन्तान पनि छन ,उनको भविस्यको लागि भएपनि लघुवित्त बाट लिएको कर्जा तिरौ ,त्यो कर्जा लघुवित्तको सम्पती होइन ,तपाईहरुको आफन्त ,इष्टमित्र छरछिमेकको सम्पति हो , बचत हो ,त्यहि बचत रकम बाट तपाईहरुलाई कर्जा लगानी गरेको हो , त्यहि ऋण हो , त्यसर्थ भोलि भविस्यमा दुख: सुख:मा साथ दिने यिनै लघुवित्त हुन ,यिनै कर्मचारी हुन ,त्यसकारण संरचना नभत्काउ ,प्रमाण नष्ट गर्न तर्फ नलागौ , त्यो प्रमाण कागजमा मात्र सिमित हुन्न सस्थाको सफ्टवयर ,नेपाल राष्ट्रबैंक , कर्जा सुचना केन्द्र सम्म पुगेको हुन्छ भनेर बिस्वास गरौ ,कसैको लहिलहिमा लागेर आफुले लिएको कर्जा नतिर्ने भन्ने कुरै नगरौ , आखिर ढिलाचाँडो तिर्नै पर्छ ,तिर्नै पर्छ तिर्ने पर्छ ।पुन: भन्छु तिर्ने पर्छ ! धन्यवाद बाँकि अर्को अंकमा....
प्रतिक्रियाहरू
Manoj Dhami
1 year ago
Thanks for news update keshav Sir
Shares