अपि पावरले पुन : बोलायो साधारणसभा, कार्तिक २ गते बुक क्लोज

अर्थकागज
प्रकाशित: १८ असोज २०८१
Image description

काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडले स्थगन गरिएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा पुन : बोलायो कार्तिक ११ गते आह्वान गरेको छ ।

कम्पनीको गत भदौ ७ गते बसेको संचालक समिति बैंककको निर्णय अनुसार आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट कम्पनीको हालको चुक्ता पुँजी पाँच अर्ब ७८ करोड रुपैयाँको विद्यमान शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोसन शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको थियो । सो लाभांशमा नियामक निकाय विद्युत नियमन आयोगबाट मुनाफा वितरण गर्न रोक लगाइएको थियो । सोही कारण अपि पावरले कार्तिक १ गते साधारण सभाको मिति तोके पनि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै आफ्नो स्थगित गरेको थियो ।

कम्पनीको असोज १८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/।८१ को खुद नाफाबाट हालको चुक्ता पुँजीको पाँच प्रतिशतका दरले बोनस शेयर र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभा.श घोषणा गरेको छ भने बाँकी मुनाफा ०.२५ प्रतिशत बराबरको २४ करोड ५९ लाख ५२ हजार ९२ रुपैयाँ कम्पनीको जगेडा कोषमा राख्ने निर्णय भएको छ । साथै, कम्पनीका शेयधनीहरुको शेयर दर्ता किताब बन्द गर्ने नयाँ तालिका कार्तिक २ गतेलाई तोकिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर