क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ
प्रकाशित:
०१ जेठ २०८१
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । बुधवार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ दिएको हो ।काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।
गौशाल–२६ ले गत २०७९ भदौ २१ गते आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुसमा सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय सुनाएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares