मनसुन पश्चिम पुग्न अझै एक हप्ता लाग्ने

अर्थकागज
प्रकाशित: ३० जेठ २०८१
Image description

पूर्वमा तीन दिन अघि भित्रिएको मनसुन सुदूरपश्चिम पुग्न अझै एक हप्ता लाग्नेछ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन पश्चिम नेपाल पुग्न अझै एक हप्ता लाग्ने भएको छ।

उनले भने, ‘‘पूर्वी नेपालमा भित्रिएको मनसुन पश्चिममा पुग्न अझै एक हप्ता लाग्ने देखिएको छ। मनसुनको गति सुस्त भएकाले एक हप्ता लाग्न सक्ने आङ्कलन गरिएको छ।”

उनका अनुसार अहिले मनसुन कोशी प्रदेशमा मात्र सक्रिय छ। अहिले मधेश प्रदेश र बागमती प्रदेशमा मनसुनजन्य वातावरण निर्माण भइरहेको मौसमविद् लामिछानेको भनाइ छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि पूर्णतया बदली छ। अन्य प्रदेशको मौसम भने पूर्णतयार सफा नै रहेको उनको भनाइ छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना समेत रहेको उनको भनाइ छ। बाँकी स्थानमा भने आगामी तीन दिन वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर