११ प्रतिशतले बढ्यो आईएमई लाईफको नाफा

अर्थकागज
प्रकाशित: २८ कात्तिक २०८१
Image description

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब १० करोडमा सिमित थियो । त्यस्तै कुल आम्दानी बढेर समीक्षा अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ पुगेकोछ ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपियाँ र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपियाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६६ पैसा छ


प्रतिक्रियाहरू

सम्बन्धित खबर