नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: ०३ जेठ २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ ।

कम्पनीको ४.७५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ६ सय ६१ रुपैयाँ ५८ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ६ सय ९३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।

कम्पनीले नवौँ वार्षिक साधारण सभा जेठ १७ गते, बिहीबार, बिहान साढे ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा डाकेको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित खबर