गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रार परिवर्तन, हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त
प्रकाशित:
०२ असार २०८२
काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रार परिवर्तन गरेको छ । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार परिवर्तन गरी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई नियुक्त गरेको छ ।
गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सको संचालक समितिको निर्णय अनुसार यस इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर, नयाँ बानेश्वर,काठमाण्डौंलाई सेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ ।
गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सको संचालक समितिको विराटनगर, मोरङ्गमा रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहबिच हिमालयन इन्भेष्टमेन्ट बैंकरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज. व. राणा र गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सेयर रजिष्ट्रार परिर्वतन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares