एमाले महाधिवेशन: ८ बजेदेखि मतगणनाको तयारी
प्रकाशित:
०२ पुस २०८२
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले ८ बजेदेखि मतगणनाको तयारी गरेको छ भने करिब २ घण्टामा गणना सकिने भएको छ । त्यसपछि बिहान ११ बजे महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह हुने भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares