९७ प्रतिशतले बढ्यो हिमालयन रि इन्स्योरेन्सको नाफा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अबधिमा कम्पनिको बीमाशुल्क ८२.७५ प्रतिशत बढेको छ भने कुल आम्दानी ६७.०९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशत र कुल खर्च ५५.१२ प्रतिशत बढेको छ।
१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको प्रती सेयर आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको छ।
प्रतिक्रियाहरू
kumar baniya
1 year ago
उत्कृष्ट प्रदर्शन्💚
Shares