नेप्सेमा एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।कम्पनीको ६२.५६ प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता ८६२ रुपैयाँ १८ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ३९ रुपैयाँका आधारमा समायोजन गरेको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६२५६ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।कम्पनीको हकप्रदमा लगानीकर्ताले मंसिर ११ गतेदेखि पुस १ गते बैंकिङ्ग समयसम्ममा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
Shares