सिटिजन लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा भव्यरुपले सम्पन्न भएको छ।
कम्पनीका संचालक समितिका अध्यक्ष प्रदिप जङ्ग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।
त्यस्तै बोनस शेयर बाँडेपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित भएको छ। त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयपनि सभाले टुङ्ग्याएको छ।
सभामा १५ जना सेयरधनीहरुले बोलका थिए । सभामा बोल्ने अधिकांश सेयरधनीले संचालक समिति र कम्पनीका सिईओ पोषकराज पौडेलको चर्चा गरेका थिए । सेयरधनीहरुले यो आर्थिक वर्ष २०८१/८२ मा पनि सेयरधनीले गत आर्थिक वर्षमा पाए भन्दा धेरै लाभांश पाउने अपेक्षा गरेका थिए ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares