पुननिर्मित ऐतिहासिक उदयपुरगढीको उद्घाटन, गढी परिसरमा महाकाली भगवतीको मूर्ति स्थापना
उदयपुर । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरोन्नति कार्य सम्पन्न भएको छ । सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तर पश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाईमा करिव १५ रोपनि जग्गाको क्षेत्रफलमा फैलिएको उदयपुरगढी गाउँपालिका वडा नं ५ मा रहेको सो ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएपछि गढीले पुरानो आकार लिएको हो ।
करिव तीनकरोड ५० लाख रुपियाँमा पुननिर्माण गरिएको सो पुरानो गढीको आइतबार नेपाली सेनाका पूर्वि पृतना मुख्यालय ईटहरीका प्रमुख उपरथी आसवहादुर तामाङ् र उदयपुरगढी गाउँपालिकाका प्रमुख मानवहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच शीलालेख अनावरण गरी उद्घाटन गर्ननुभएको छ । सोक्रममा पुतनापती तामाङले यस किसिमका गढीहरुको संरक्षण गर्नु नेपाली सेनाको संस्थागत दायित्व भएको बताउनुभयो ।
हिन्दूहरुको राष्ट्रिय चाड बडा दशैंको आठौदिन आज आईतवार आयोजित पुननिर्मित गढी उद्घाटन कार्यक्रमकै क्रममा नेपाली सेनाको गाईघाटस्थित पशुपतिप्रसाद गणको सहयोग तथा १८ नं बाहिनी अड्डाको समन्वयमा गढीको मध्यभागमा निर्मित मन्दिरमा महाकाली भगवतीको मुर्ति स्थापनागरी प्राणप्रतिष्ठा गरेर आजैबाट नियमित पूजाआराधना को शुरुवातसमेत गरिएको छ ।
सो अवसरमा प्रमुख अतिथि प्रतिनिधिसभाका साँसद अम्बरवहादुर रायमाझीले झण्डोतोलन गरी ऐतिहासिक गढीमा राष्ट्रिय झण्डा फहराउनुभएको छ । कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले रिवन काटेर गढी प्रवेश गर्ने मुख्यद्वार खुला गराउनु भएको थियो । सो कार्यक्रममा पञ्चकन्याबाट कलस यात्रा,नेपाली सेनाको ब्याण्डबाजा सहितको उच्च अधिकृतहरुको टोली,जनप्रतिनिधिहरु,राजनैतिक दलका कार्यकर्ता तथा महिला दिदिबहिनीहरुको उलेख्य रुपमा सहभागिता रहेकोथियो ।
पुरानो गढी क्षेत्र गाउँपालिका केन्द्र उदयपुरगढीदेखि १ किलोमिटर उत्तरमा रहेको छ । दुईसय ५२ वर्षभन्दा अघिको ध्वस्त गढीको भग्नावशेषलाई पुनर्जीवनदिदै गढी पुनर्सरचना कार्यले गढीमा तत्कालीन सैनिक बंकर, कोत खाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाहरुलाई पुनसंरचना गरि आन्तरिक तथा वाहिय पर्यटनको गन्तब्यस्थलका रुपमा विकसित गरिएको उदयपुरगढी गाउँपालिकाका प्रमुख मानवहादुर केप्छाकीले बताउनु भएको छ ।
पृथ्वीनारायण शाहको फौजी कारबाहीकालको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उदेश्यले गाउँपालिकाले त्यहाँ पुनारो गढीको पुननिर्माणको योजना अघि सारेको हो । पुरानो गढीको वरिपरि एकसय ३० मिटर गोलो बंकर,बंकरको बीचमा पाँचसय मिटर व्यास सहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढीको निर्माण गरिएको हो ।
गढीको वरिपरि बाहिरपटि छ फीट र भित्रपटि १४ फीट उचाईको गारो लगाएर बंकर पुननिर्माण गरिएको छ । प्राचीन गढीे झल्काउने गरी काँचो ढुङ्गाचिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरीएको छ र्। नेपाल सरकारले देशका एकसय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढीलाइ पनि समेटेको छ । सोहि अनुसार पालिकाले पुरानो गढी पुनर्संंरचनाको योजना अघि सारेको हो ।
दुईसय ५० वर्ष अघि २२ से २४ से राज्यमध्ये एउटा राज्य रहेको उदयपुरगढी र चौदण्डीगढीलाई शाहवंशीय राजा पृथ्बीनारायण शाहका सेनाले कब्जा गरेकाथिए । पूर्वबाट किरात वंशका वल्लो किरात, पल्लो किरात र माझकिरात कब्जागर्दै आएका पृथ्वीनारायण शाहका सेनाले राज्य एकीकरणको क्रममा विजयपुरगढी, हतुवागढी, चौदण्डीगढी कब्जा गर्न उदयपुरगढीमा युद्धपोत स्थापना गरेर लडाई गरेको उदयपुर जिल्लाको इतिहास लेखक कौशल चेम्जोङले बताउनुभयो ।
Shares