सर्वोत्तम पेन्ट्सको IPO बाँडफाँडको स्थान र मिति तय !

अर्थकागज
प्रकाशित: ०८ असार २०८३
Image description

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँडको स्थान र समय तय भएको छ । 

प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार विहीबार अर्थात ११ गते विहान ९ बजे क्यापिटलको कार्यालय लक्ष्मणबाबु भवन, नक्सालमा आईपीओ बाँडफाँड हुने भएको हो । 

कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म ७ करोड ५ लाख ५० हजार रुपैयाँबराबरको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । 

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर