सेयर बजार २० अकंले बढ्यो, १० अर्ब बढीको कारोबार
प्रकाशित:
१७ मंसिर २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज अर्थात सोमबार१९.९७ अकंले बढेको छ । नेप्से इन्डेक्स बढेर २७५८.०४ बिन्दुमा पुगेको छ । आज ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखिएको छ ।
हाइड्रोपावर ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढे । अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares