सानिमा बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न, ५.२६३२ प्रतिशत लाभांशसहित सबै प्रस्ताव पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा आज मंसिर ४ गते आम्रपाली बैंङ्क्वेटमा भव्यरुपले सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाले सामान्य प्रस्तावहरुमा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको २० औं वार्षिक प्र्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८०/८१ के नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने, यस बैंकको सहायक कम्पनीहरु सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम बहालवाला लेखापरीक्षक पि.के.एफ.टि.आर. उपाध्या एण्ड कं.चार्टर्ड एकाउन्टेन्ट्स पुन :नियुक्त हुन योग्य रहेको) प्रस्तावहरु पारित गरेको छ ।
त्यसै गरी सभाले विशेष प्रस्तावहरुमा संचालक समितिले प्रस्ताव गरे बमोजि नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरु सहित रु १ सय नगदका दरले २ अर्ब रुपैयाँ बराबरको '८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चित अग्राधिकार शेयर' सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने, बैंकको अधिकृत पुँजी १५ अर्ब बृछि गरी २० अर्ब पर्याउने । अग्राधिकार शेयर जारी गरे पश्चात सोही हदसम्म बैंकको जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने, अग्राधिकार शेयर जारी गर्नका लागि बैंकको प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिको बैठक भत्ता लगायतका सुविधाहरु नियनकारी निकायको स्वीकृति पश्चात बृद्धि गरी बैंकको नियमावलीमा संशोधन गर्ने र बैंकको प्रबन्धपत्र नियमावलीमा अग्राधिकार शेयर जारी/ दर्ता/ सुचिकरण गर्ने लगायत सोसँग सम्बन्धित कार्यहरुको स्वीकृतिको क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट कुनै फेरबदल, शर्तहरु लगायतमा संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषा लगायत अन्य सुधार समेतका लागि संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने स्वकृत गर्ने प्रस्ताव पारित भएको छ ।
Shares