दोस्रो बजारको 'हटकेक' नेपाल फाइनान्सको वितरणयोग्य मुनाफा २०.८२ करोड ऋणात्मक, ईपिएस २.४८ रुपैयाँ

अर्थकागज
प्रकाशित: २० साउन २०८१
Image description

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा फाइनान्सको खुद नाफामा सामान्य देखियको छ ।

असार मसान्तसम्ममा फाइनान्सले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो नाफा २ करोड १ हजार रुपैयाँ लाख रुपैयाँ थियो।

यो अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि ५.८९ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षको अन्तिमसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि गिरावट आयको छ। समीक्षा अवधिमा फाइनान्सको ईपिएस घटेर २ रुपैयाँ ४८ पैसा पुगेको छ। असार मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ। फाइनान्सको खराब कर्जा घटेर ९.११ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा १२.१६ प्रतिशत रहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर