कलंकीमा भर्गो एग्रो इन्डस्ट्रिजको पहिलो चामल बिक्री केन्द्र, नारा ‘आफ्नै उत्पादन, आफ्नै बजार’

अर्थकागज
प्रकाशित: २७ चैत २०८१
Image description

काठमाडौं । ‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित स्थापित भर्गो एग्रो इन्डस्ट्रिज प्रालिले उत्पादन गरेको चामलको पहिलो बिक्री केन्द्र काठमाडौंको कलंकीमा स्थापना गरिएको छ । यही बुधबार एक विशेष समारोह आयोजना गरी उक्त केन्द्र उदघाटन गरिएको हो ।

भर्गो एग्रो इन्डस्ट्रिज घामखेती गुरु कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडबाट प्रवर्तित संयुक्त लगानीको कृषि उद्योग हो, जसले कृषि उपजलाई स्थानीय उत्पादन र प्रशोधन प्रणालीमार्फत बजारमा पुर्याउने लक्ष्य लिएको छ । ‘अब देशको दिगो विकास र समृद्धिको मेरुदण्ड उन्नत कृषि बन्नुपर्ने समय आएको छ,’ कम्पनीका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले भने, ‘कृषिमा आधुनिकीकरण र उद्यमशीलता जोडिएर मात्र किसान समृद्ध बन्न सक्छन । र देश पनि आत्मनिर्भर बन्न सक्छ ।’ उदघाटन कार्यक्रममा उनले ऊर्जा र कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका यस्ता उद्योगलाई निरन्तर अघि बढाउने आफनो प्रतिबद्धतासमेत व्यक्त गरे । लामो समयदेखि आफू नेपालको ऊर्जा क्षेत्रमा जोडिएको र अब कृषि क्षेत्रमा पनि नयाँ जोस–जाँगरसाथ काम गर्ने उनको भनाइ छ । ‘अबको युग कृषिको हो, यसैमार्फत मुलुकलाई समृद्धितिर लैजान सकिन्छ । किसानको उत्पादनलाई सीधै उपभोक्तामाझ गदान पुर्याउन हामी पुलको काम गर्छाैं,’ उनले भने, ‘यसले किसानले आफनो उत्पादनको मूल्य पाउँछन, उपभोक्ताले सहुलियतमा सामान पाउँछन ।’ var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

Sita prasad pokharel

1 year ago

Very impressive

Sita prasad pokharel

1 year ago

Very impressive

Sita prasad pokharel

1 year ago

Very impressive

Sita prasad pokharel

1 year ago

Very impressive

सम्बन्धित खबर