गोर्खाज फाइनान्सको सिईओको तलव /भत्ता कति ?


काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चैत २ गते अर्थात आज आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को बार्षिक साधारणसभा अनुपम फुडल्याण्ड एण्ड बैंकेट बत्तीसपुतली काठमाडौंमा गर्दैछ । यि दुवै आर्थिक वर्षमा फाइनान्सले कुनै लाभांश दिएको छैन् ।
फाइनान्सले दुई आर्थिक वर्षको अवधिमा दुई जना सिईओलाई तलव खुवाएको छ । फाइनान्सले लाल बहादुर थिङ र सन्तोष कुमार घिमिरेलाई सिईओको तलव भत्ता खुवाएको छ । यो अवधिमा लाल बहादुर थिङले जागिर छोडेपछि घिमिरेलाई सिईओमा नियुक्त गरिएको थियो । यो अवधिमा लाल बहादुर थिङले तलव १३ लाख १७ हजार २४१ रुपैयाँ, भत्ता ६ लाख ५८ हजार ६२१ रुपैयाँ र अन्य २१ लख २० हजार ५१ रुपैयाँ गरी कुल ४० लाख ९५ हजार ९१३ रुपैयाँ बुझेका छन् । त्यसै गरी थिङले छाडेपछि सिइओमा नियुक्त भएका सन्तोष कुमार घिमिरेले तलव १२ लाख २ हजार ८७८ रुपैयाँ, भत्ता ५ लाख ९२ हजार ३६७ रुपैयाँ र अन्य ९ लाख ९७ हजार ७१० रुपैयाँ गरी कुल २७ लाख ९२ हजार ९५५ रुपैयाँ बुझेका छन् । तलव भत्ता बाहेक सिईओलाई चालक र इन्धनसहितको सवारी साधान उपलव्ध गराइएको छ भने ऐन अनुसार बोनस दिएका छ ।
थिङले सिइओबाट राजिनामा दिएपछि घिमिरेलाई २०७८ माघ १८ गतेदेखि लागु हुने गरी स्वीकृत गरी फाइनान्सले सिईओमा नियुक्त गरेको थियो ।
Shares