सिटी एक्सप्रेस बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

अर्थकागज
प्रकाशित: ०२ मंसिर २०८१
Image description

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर