नेशनल लाईफ इन्स्योरेन्सको २ लाख कित्ता सेयर बिक्रिमा

अर्थकागज
प्रकाशित: १५ असार २०८१
Image description

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीहरुले २ लाख कित्ता सेयर बिक्रि गर्ने भएका छन् । इन्स्योरेन्सले आज असार १६ गते आईतबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

इन्स्योरेन्सका संस्थापक सेयरधनी आराधना मल्लले आफ्नो नाममा रहेको २ लाख कित्ता सेयर बिक्रिका लागि इन्स्योरेन्समा निवेदन दिएका हुन् ।

संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र इन्स्योरेन्सको प्रधान कार्यालय काठमाडौ, लाजिम्पाटमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ सो सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रियाहरू

Bhim bahadur gurung

1 year ago

Bhim

सम्बन्धित खबर