गोर्खाज फाइनान्सका संचालकहरुले कटौती गरे आफैले लिदै आइरहेको सेवा/सुविधा, अब बैठक भत्ता १ रुपैयाँ मात्र लिने !


काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालकहरु आफुहरुले लिदै आईरहेको बैठक भत्ता र अन्य सुविधाहरु आफैले कटौती गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा लिदै आएको बैठक भत्ता र अन्य सुविधामा संचालक समितिले आर्थिक वर्ष २०८१/८२ मा कटौती गरेका गरेका हुन् । यस अघि संचालक समितिले प्रति बैठक भत्ता अध्यक्षलाई ६ हजार रुपैयाँ अन्य संचालकलाई बैठक भत्ता ५ हजार रुपैयाँबाट घटाएर अहिले प्रति बैठक भत्ता १ रुपैयाँ लिने निर्णय गरेका हुन् । त्यसै गरी संचालकहरुलाई मोबाइल टेलिफोन सुविधा बापत मासिक १ हजार लिदै आइएकोमा यो आर्थिक वर्षदेखि मासिक १ रुपैयाँ लिने निर्णय गरेका हुन् । वित्तीय संस्था संचित मुनाफामा गएर लाभांश वितरण नगरेसम्म बैठक भत्ता नलिने निर्णय संचालहरुले गरेको फाइनान्सका संचालकहरुले बताएका छन् ।
प्रतिक्रियाहरू
राम राई
2 months ago
जे सुकै भने पनि संस्थाको हित बिग्रिन काम गर्ने गर्न उप्काउने जो कोहिलाई निकाल्नै पर्नछ।
Shares