एभरेष्ट कलरको IPO बाँडफाँड सम्पन्न, यि लिंकबाट नतिजा हेर्नुहोस्

अर्थकागज
प्रकाशित: ०३ असार २०८३
Image description

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । बिकी प्रबन्धक मुक्तिनाथ क्यापिटलमा बिहीबार बिहान शेयर बाँडफाँड गरिएको हो । माग भन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथाबाट भएको थियो । गोला प्रथाको बल आईपीओ बाजे (लक्ष्मण श्रेष्ठ) ले तानेका थिए । लक्की नम्वर ९ रहेको छ । 

कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस आईपीओमा कुल २६ लाख ८७ हजार ४ सय २१ जनाको आवेदन परेको थियो । जस मध्ये २६ लाख ४१ हजार ९ सय ५९ जनाको आवेदन मात्र योग्य भएको छ।

जस अनुसार ६५ हजार ५ सय ७० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । २०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले नेपाली बजारमा रङ्ग उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ । कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ ।

आईपीओ हेर्नेको लागि लिंकहरु  

https://mer.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np

https://muktinathcapital.com/share-allotment

प्रतिक्रियाहरू

सम्बन्धित खबर