टोखामा एभरेष्ट बैंककाे १२८ औं शाखा सञ्चालनमा
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ ।
शुक्रबार बैंकले टोखा नगरपालिका–६ मा १२८ औं शाखा उद्घाटन गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र नगरपालिकाका उप-मेयर मुरारी तामाङले संयुक्त रुपमा साखा उद्घाटन गरेका हुन् ।
बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको साथै साथै टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै, नगरपालिकाका उप–मेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।
उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
सो उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको साथै साथै टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता गरेका छन् । सो अवसरमा टोखा नगरपालिकाका उप-मेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
Shares