एनएलजी इन्स्योरेन्सको विशेष बार्षिक साधारणसभाबाट हकप्रद पारित

अर्थकागज
प्रकाशित: ०६ कात्तिक २०८१
Image description

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट हकप्रद प्रस्ताव सेयर प्रस्ताव पारित भएको छ । आज कात्तिक ७ गते कम्पनीका सञ्चालक समितिका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा भव्यरुपले सम्पन्न साधारणसभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको हो ।

सभाले चुक्ता पूँजीको १० सेयर बराबर ६.२५६ शेयर अुनपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाबाट हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने बताएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बार्षिक साधारणसभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरुले बोलेका थिए । सभामा बोल्ने सवै सेयरधनीले हकप्रद सेयरको प्रस्तावलाई स्वागत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनील बल्लभ पन्तको खुलेरै प्रशंसा गरेका थिए । 

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर