ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११ मा २० प्रतिशत छुट

अर्थकागज
प्रकाशित: २० कात्तिक २०८०
Image description

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।
नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा (VISA ) डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.२,००० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा रु.२,५०० सम्म छुट पाउनेछन् ।
बैंकका कार्ड बाहक ग्राहकहरुले छुट पाउनका लागि दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ । यी भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् ।
ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर