शिखर इन्स्योरेन्सको नाफामा बृद्धि, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: २९ कात्तिक २०८१
Image description

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १.५७ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा १.८८ प्रतिशत घटेको छ भने कुल खर्च ३.१७ प्रतिशतले घटेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर