महिला लघुवित्तको नाफामा ५३१ प्रतिशतको छलाङ्ग

अर्थकागज
प्रकाशित: २६ साउन २०८१
Image description

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा ९ करोड ४ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ५३१ प्रतिशत वृद्धि हो । सो अवधिमा कम्पनील १ करोड ४३ लाख नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा २ करोड १४ लाख रहेकोमा गत आवमा बढेर १२ करोड ९२ लाख पुगेको छ ।

गत आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेकोमा गत आवमा बढेर ४१ रुपैयाँ ५९ पैसा पुगेको हो । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ ७० पैसा, तरलता अनुपात ६ दशमलव ५० प्रतिशत र मूल्य आम्दानी अनुपात ४८ दशमलव ९३ गुणा छ । कम्पनीको वितरणयोग्य नाफा ६ करोड २२ लाख छ । चुक्ता पूँजी २१ करोड ७५ लाख रहेको कम्पनीले जगेडामा . २० करोड १० लाख र रिटेन्ड अर्निङमा ६ करोड ८० लाख सञ्चिति गरेको छ ।


प्रतिक्रियाहरू

Manoj Dhami

1 year ago

Congratulation all

सम्बन्धित खबर