सटिजन लाइफ इन्स्योरेन्सले गर्यो घोषणा गरेको लाभांश रद्द !

अर्थकागज
प्रकाशित: २४ वैशाख २०८१
Image description

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश रद्द गर्ने निर्णय गरेको छ । आज वैशाख २५ गते बिहान ८ बजे बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरिएको लाभांश रद्द गर्ने निर्णय गरेको थियो । सिटिजन लाइफले घोषणा गरेको लाभांश नेपाल बीमा प्राधिकरणबा नेपाल बीमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो । कम्पनीले सोमबार प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर