जीवन विकास लघुवित्तको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०९ मंसिर २०८१
Image description

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंशिर ६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश गरि कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर