स्नो रिभर्सको ५ औं बार्षिक साधारणसभा सम्पन्न, १०% लाभांश पारित

अर्थकागज
प्रकाशित: २० असोज २०८३
Image description

काठमाडौं । स्नो रिभर्स लिमिटेडको ५ औं बार्षिक साधारणसभा आज काठमाडौँको नक्सालस्थित लिसारा रिसेप्टन्स प्रा.लि.मा सम्पन्न भएको छ । 

कम्पनीका संचालक समितिको अध्यक्ष मोहन बिक्रम कार्कीको अध्यक्षतामा भव्यरुपले सम्पन्न सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक निर्धारण समेत गरेको छ । सभाले सञ्चालक समिति सदस्यहरूको बैठक भत्ता पुनरावलोकन गरी वृद्धि गरेको छ । 

भव्यरुपले सम्पन्न सभाले एनएमबी बैंक लिमिटेडबाट 'Loan Against IPO 'स्वीकार गर्ने निर्णय र विभिन्न जलविद्युत् आयोजना/कम्पनीमा शेयर लगानी गर्ने सञ्चालक समितिको पूर्व निर्णयहरूलाई अनुमोदन गरेको छ । 

सभाबाट संचालकमा रोसन कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । सभाले लाभांश वितरणपश्चात् कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्न र शेयर खरीद वा हस्तान्तरणमा बन्देजसम्बन्धी व्यवस्था संशोधनका लागि नियमावली तथा प्रबन्धपत्रका सम्बन्धित दफाहरू संशोधन गर्ने निर्णय पारित गरेको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर