एनएलजी इन्स्योरेन्सको नाफा र ईपिएसमा बढोत्तरी
काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।
यस अवधिमा कम्पनीले २५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.७७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ७५ करोड २१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १.८८ प्रतिशतले बढि हो । त्यस्तै कम्म्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६.१३ प्रतिशतले बढेर २२ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
१ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङमा १२ करोड ७८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर १६ रुपैयाँ ४६ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ३८ पैसा रहेको छ ।
Shares