नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: ११ माघ २०८०
Image description

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गरिएको ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँका आधारमा सेयरको मूल्य समायोजन गरिएको नेप्सेले जनाएको हो ।

समायोजनपछि यसको मूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ । आईतबार नेप्सेमा ६०७ रुपैयाँ ५७ पैसामा नै यसको कारोबार खुल्ने छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ माघ १४ गते बुकक्लोज गर्ने निणय गरेको थियो माघ १२ र १३ गते नेप्सेमा कारोबार नहुने भएकाले हिजो माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको तीसौँ वार्षिक साधारण सभा यहि माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर