३ जना फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुर प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिएका तर फरार सूचीमा रहेका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा बुझाएको छ ।
अदालतले सजाय तोकेर फरार सूचीमा रहेकाहरु चेक अनादर मुद्दा, चोरी मुद्दा र सार्वजनिक अपराध कसुर मुद्दाका रहेको प्हरीले जनाएको छ ।
जिल्ला प्हरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खोज तलास गर्ने क्रममा आइतबार त्रियुगा नगरपालिका १२ बस्ने ४५ वर्षिय कृष्णदेव शर्मा बडहीलाई चेक अनादर मुद्दामा पक्राउ गरिएको छ । २०८० जेष्ठ १९ गते उदयपुर जिल्ला अदालतले १ वर्ष कैद र ७ लाख रुपैया जरिवाना तोकिएकोमा शर्मा फरार रहेका थिए । उनलाई प्रहरीले सिराहाको ठाँडी प्रहरी चौकीसँग समन्वय गरी पक्राउ गरेर फैसला कार्यान्वयवनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।
यसैगरी आइतबार नै प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादी सुनसरी को इनरुवा नगरपालिका २ बस्ने वर्ष ५५को इनरलाल मेहतालाई इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरको प्रहरी टोलीले पक्राउ गरी अदालतमा बुझाएको छ । मेहतालाई उदयपुर जिल्ला अदालतले २०७१ असार ३२ गतेको फैसलाले चोरी मुद्दामा रु ५० हजार जरिवाना तोकिएको थियो । मेहतालाई घर वतन मै लुकीछिवी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी उदयपुर जिल्ला अदालतमा फैसला कार्यान्वयनकालागि बुझाएको सूचना अधिकारी चौधरीले बताए ।
यस्तै सोमबार प्रहरीले त्रियुगा नगरपालिका १२ सोनापुरबाट सार्वजनिक अपराध मुद्दाका फरा प्रतिवादी २६ वर्षिय रविन मगरलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा बुझाएको छ ।
सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक चौधरीका अनुसार मगरलाई जिल्ला अदालत उदयपुरको मिति २०७३ असार २१ ग्तेको फैसलाले रु १ हजार जरिवाना तोकिएकोमा फरार अवस्थामा रहेका थिए । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उदयपुर प्रहरीले मगरलाई सोमबार बिहान त्रियुगा नगरपालिका १३ स्थित बरुवा बसपार्कबाट पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।
Shares