हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०५ माघ २०८१
Image description

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आ.व. २०७९/०८० को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ८ अर्ब २ करोड ३ लाखको १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

नियमनकारी निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर