जाल्पा लघुवित्तद्वारा ग्यास पड्किएर निधन भएका परिवारलाई बीमा रकम हस्तान्तरण

अर्थकागज
प्रकाशित: ११ असोज २०८०
Image description

प्युठान- जाल्पा सामुदायिक लघुवीत्त वित्तीय संस्था लिमिटेडले ग्यास पड्किएर निधन भएका परिवारलाई बीमावापतको रकम हस्तान्तरण गरेको छ।

कम्पनीको शाखा कार्यालय, बड्डाँडा प्युठानमा आवद्ध सदस्य सरुमारानी गाउँपालिका- ६ निवासी लछीदेवी घर्तीको एलपिजी ग्यास पड्किएर निधन भएपश्चात् परिवारलाई बीमा सुविधावापत २ लाख २८ हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो।

उक्त रहम सरुमारानी गाउँपालिका- ६ का अध्यक्ष तिलबहादुर बुढा तथा शाखा प्रमुख प्रदीप भण्डारीले प्रदान गरेका हुन्।

संस्थाले आफ्नो संस्थागत नियमअनुसार आफ्ना सदस्यहरूहरूलाई बीमालगायत विभिन्न सुविधा प्रदान गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर