हकप्रद निष्कासनका लागि सिटि होटलको बुक क्लोज मिति तय

अर्थकागज
प्रकाशित: १६ साउन २०८२
Image description

काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि साउन २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ।

बुक क्लोजको आधारमा साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा यस होटलको सेयर किन्नेले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

होटलले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर १ः०.८० कित्ताका दरले निष्कासन गर्न अनुमति पाएको हो।

अर्थात् साउन २६ गतेसम्म सिटि होटलको १० कित्ता साधारण सेयर किन्ने सेयरधनीले ८ कित्ता र १०० कित्ता सेयर किन्नेले ८० कित्ता हकप्रद शेयरका दरले आवेदन दिन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर