माबिलुङ्ग इनर्जीको आईपीओ आईतबार बाँडफाँड हुने

अर्थकागज
प्रकाशित: ०४ भदौ २०८२
Image description

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ आइतबार अर्थात भदौं ८ गते बिहान ९: ३० बजे बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हुने भएको छ । कम्पनीले साउन २६ देखि २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। 

कम्पनीले आफ्नो जारी पुँजीको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

दोस्रो चरणमा कम्पनीले ७५ हजार २६६ कित्ता सामूहिक लगानी कोष र ३० हजार ९५ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । 

प्रतिक्रियाहरू

Lekh Bahadur Rai

8 months ago

IPO

सम्बन्धित खबर