आज तेह्रथुम पावर कम्पनीको १०० प्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरको १०० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १६ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ ।
यसअघि साउन ४ गतेसम्म मात्रै आवेदन दिन पाउने भनिएको थियो । तर तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि आजसम्मका लागि म्याद थप भएको थियो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने अनुमति पाएको थियो ।
सीडीएससीका अनुसार शनिबार साँझसम्म २६ हजार ४८३ जना आवेदकबाट २२ लाख ५५ हजार १८३ कित्ताका लागि आवेदन परिसकेको छ ।हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।जसअनुसार हकप्रद बिक्री गरेपछि कम्पनीले ४० करोड रुपियाँ संकलन गर्नेछ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
Shares