कुमारी बैंकको २२ ठूला सेयरधनीमा अमीर प्रतावदेखि मिन बहादुरसम्मका चर्चित ठूला व्यवसायी, कसको सेयर कति ?
काठमाडौं कुमारी बैंक लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने सेयर सदस्यहरु २२ वटा रहेका छ । जसमा विभिन्न संस्था र व्यक्ति रहेका छन् । बैंकको बार्षिक प्रतिवेदन २०८२ ८३ को अनुसार प्रमुख सेयरधनीहरूमा सरकारी तथा निजी क्षेत्रका ठूला संस्थाहरू र नाम चलेका व्यापारी–व्यवसायीहरूको उपस्थिति रहेको छ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष शीर्ष स्थानमा
कुमारी बैंकको सबैभन्दा ठूलो सेयरधनी संस्थाका रूपमा कर्मचारी सञ्चय कोष रहेको छ। कोषको नाममा बैंकको कुल ८३,६३,११३ कित्ता (३.९९%) सेयर रहेको छ। त्यस्तै, अर्को ठूलो सरकारी संस्था नागरिक लगानी कोषको नाममा ४९,४३,४२७ कित्ता (१.८८%) सेयर रहेको छ।
अमीर प्रताप जे. बी. राणा व्यक्तिगततर्फ अगाडि
व्यक्तिगततर्फ अमीर प्रताप जे. बी. राणा बैंकको सबैभन्दा ठूला सेयरधनी बनेका छन्। उनको नाममा ५२,९०,५८३ कित्ता (२.०२%) सेयर रहेको छ। यस्तै, जानुकी कुमारी जे. बी. राणा शाहीको नाममा ३४,०६,९२६ कित्ता (१.३०%) र सावित्री गुरुङको नाममा ३१,५५,४२५ कित्ता (१.२०%) सेयर स्वामित्व छ।
भाटभटेनी सुपर मार्केटदेखि नाम चलेका उद्योगीहरूसम्मको लगानी
बैंकमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रा. लि.को नाममा १५,१४,६३० कित्ता (०.५८%) सेयर रहेको छ। यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरार्काको नाममा १९,१८,४३३ कित्ता (०.६९%), प्रदीप कुमार मुरार्काको नाममा १४,९५,३२७ कित्ता (०.५७%), जगन्नाथ ज्ञवालीको नाममा १४,७८,८८३ कित्ता (०.५६%) तथा अनुपम राठीको नाममा १४,१४,०२७ कित्ता (०.५४%) सेयर रहेको छ। अन्य लगानीकर्ताहरूमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स (०.६५%), हिमालयन क्यापिटल मार्केट्स (०.६०%) र जेनिथ इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (०.५०%) जस्ता संस्थाहरू पनि बैंकका मुख्य सेयरधनीका रूपमा रहेका छन् ।
०.५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने प्रमुख साधारण शेयरधनीहरू
Shares