सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?
प्रकाशित:
३० कात्तिक २०८२
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० रहेको छ।
कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares