कहिलेसम्म सेयर किन्दा पाईन्छ आईएमई लाईफको बम्पर लाभांश ?
आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले बम्पर लाभांश पारितको ऐजेन्डा सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समिती बैठकले साधारणसभा आह्वानको निर्णय गरेको हो ।
संचालक समितीको निर्णय अनुसार कम्पनीको ७ औँ वार्षिक साधारण सभा जेठ २८ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ जसअनुसार जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रियाहरू
mahesh kulung
1 year ago
10 कित्ताकाे नगद बाेनस कति सेयरधनी पाउछँ सर
Shares