आज ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थकागज
प्रकाशित: १३ पुस २०८२
Image description

काठमाडौं । आज ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुटवल पावरले भोली अर्थात पुस १५ गते बुकक्लोज गर्दैछ भने बाँकी ६ कम्पनीहरुले पुस १६ गते बुकक्लोज गर्दैछन्। भोली तमु ल्होसारको अवसरमा सार्वजनिक भएका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कुनको लाभांश कति र साधारणसभा कहिले?

नबिल बैंक

१२.५ प्रतिशत नगद लाभांश,

साधारणसभा पुस २८ मा

डिप्रोक्स लघुवित्त

१० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश,

साधारणसभा पुस २८ मा

आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स

५ प्रतिशत नगद लाभांश,

साधारणसभा पुस २४ मा

बुटवल पावर कम्पनी 

६ प्रतिशत नगद लाभांश,

साधारणसभा पुस २८ मा

सपोर्ट लघुवित्त

९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश,

साधारणसभा पुस ३० मा

मिथिला लघुवित्त

१४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश,

साधारणसभा पुस ३० मा

छिमेक लघुवित्त

१२.५ प्रतिशत बोनस शेयर १२.५ प्रतिशत नगद लाभांश,

साधारणसभा पुस २९ मा



प्रतिक्रियाहरू

सम्बन्धित खबर