नेपाल पुनर्बीमा कम्पनीको समितिको तलव/भत्तामा आफुखुसी ! कम्पनीको प्रत्यक्ष हिस्सा २०% बाट १० % मा घट्यो
प्रकाशित:
१५ जेठ २०८१
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा गठित समितिले आफुखुसी तलव/भत्ता बुझ्दै आएका छन् । यस कम्पनीका समितिले आफुखुसी लिदै आएको तलव भत्ता अहिले आएर कम्पनीले अनुमोदन गर्ने निर्णय गरेको छ । पब्लिक कम्पनीले समितिको तलव भत्ताको तिन महले क्लोमसहित प्रस्ताव साधारणसभामा लैजानु पर्ने हुन्छ । तर, नेपाल पुनर्बीमा कम्पनीले समितिलाई साधारणसभाबाट पारित नै नगरी आफ्नो अनुकुल तलव भत्ता दिएको र अहिले आएर समितिको तलव भत्ता अनुमोदनको लागि साधारणसभामा लैजाने निर्णय गरेको छ । यसबाट सेयरधनीहरु भने रुष्ट भएको देखिन्छ । सेयरधनीलाई लाभांशको नाममा केही प्रतिशतमात्र लाभांश दिएको यस कम्पनीको साधारणसभामा सेयरधनीले विरोध गर्ने देखिन्छ ।
समीक्षा वर्षमा यस कम्पनीको प्रत्यक्ष हिस्सा २० प्रतिशतबाट १० प्रतिशत मा घटेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares