यि हुन् ग्लोबल आईएमई बैंकको ठूला १८ सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १४ असोज २०८३
Image description

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने सेयर सदस्यहरु १८ वटा रहेका छ । जसमा विभिन्न संस्था र व्यक्ति रहेका छन् । बैंकको बार्षिक प्रतिवेदन अनुसार कर्मचारी सञ्चय कोष, आईएमई समूहका विभिन्न कम्पनीहरू तथा प्रमुख व्यवसायीहरूको ठूलो कित्ता सेयर लगानी रहेको छ । 

कर्मचारी सञ्चय कोष र आईएमई समूहको सर्वाधिक हिस्सा

बैंकको बार्षिक प्रतिवेदन २०८२/८३ अनुसार कर्मचारी संचय कोषको सवै भन्दा धेरै सेयर स्वामित्व रहेको छ । कोषको १ करोड ८० लाख ८४ हजार ०१९ कित्ता अर्थात ४.७४ कित्ता रहेको छ । त्यसै गरी आईएमई होल्डिङ्ग्स प्रा. लि. को नाममा १ करोड ५ लाख ९० हजार ३३० कित्ता अर्थात २.७८ प्रतिशत र आईएमई इन्भेष्टमेन्ट प्रा. लि. को नाममा ९५ लाख ५४ हजार ९६० कित्ता अर्थात २.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।    


व्यक्तिगत तथा संस्थागत लगानीको उपस्थिति

बैंकमा संस्थागत लगानीकर्ताका रूपमा नागरिक लगानी कोषको ३४ लाख ९६ हजार ९५४ कित्ता अर्थात ०.९२ प्रतिशत , कन्टिनेन्टल इन्भेष्टमेन्ट प्रा. लि. को ४५ लाख ०८ हजार ४४६ कित्ता अर्थात १.१८ प्रतिशत, निमिषा इन्भेष्टमेन्ट र कामधेनु इन्भेष्टमेन्ट जस्ता कम्पनीहरूको बलियो उपस्थिति रहेको छ। त्यस्तै, व्यक्तिगत लगानीकर्ताहरूमा सुमित कुमार अग्रवालको -१.८२ प्रतिशत, विष्णु प्रसाद न्यौपानेको १.४१ प्रतिशत, उत्तम कुमार नेपालको ०.९० प्रतिशत, रण बहादुर शाहको ०.७८ प्रशित, हेमराज ढकालको ०.६७ प्रशित, क्याबिनेट श्रेष्ठको ०.६४ प्रतिशत, गौरी श्रेष्ठको ०.६३ प्रतिशत, सन्दीप अग्रवालको ०.५७ प्रतिशत लगायतका प्रमुख व्यवसायी तथा लगानीकर्ताहरूको ०.५ प्रतिशतभन्दा बढी सेयर हिस्सेदारी रहेको छ।

ग्लोबल आइएमई बैंकको दुई दशक यात्रा पूरा : वित्तीय प्रगतिसँगै ग्राहक सेवामा निरन्तर उत्कृष्ट


प्रतिक्रियाहरू

सम्बन्धित खबर