स्वाभिमान लघुवित्तको लाभांश रद्द !

अर्थकागज
प्रकाशित: १० जेठ २०८३
Image description

काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकमा घोषणा गरेको लाभांश वितरण नगर्ने भएको छ । यसअघि लघुवित्तको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

तर, कम्पनीको जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्तावित लाभांशलाई पूर्ण रूपमा रद्द गर्ने निर्णय गरेको हो । संस्थाको वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरूमा अनिवार्य समायोजन गर्नुपरेकाले पहिले प्रस्तावित लाभांशलाई यथावत् राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएको कम्पनीले उल्लेख गरेको छ ।

प्रचलित नीति नियम तथा सरोकारवालाहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै आर्थिक वर्ष २०८१र८२ का लागि कुनै पनि लाभांश वितरण नगर्ने बाध्यात्मक निर्णयमा पुग्नुपरेको कम्पनीले स्पष्ट पारेको छ।

पहिले घोषणा गरिएको लाभांश प्राप्त नहुने अवस्था सिर्जना भएकाले कम्पनीले शेयरधनी, लगानीकर्ता तथा तमाम सरोकारवालाहरूमा पर्न गएको अन्योल र असुविधाप्रति गहिरो दुःख व्यक्त गर्दै क्षमायाचना गरेको छ ।

संस्थाको दीर्घकालीन व्यावसायिक स्थायित्व, सुरक्षित भविष्य र हितका लागि चालिएको यस कदमलाई सकारात्मक रूपमा लिइदिन पनि लघुवित्तले सम्पूर्ण लगानीकर्ताहरूसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रियाहरू

सम्बन्धित खबर