शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले यो उपलब्धिलाई नेपालको बीमा क्षेत्रको विस्तार, वित्तीय समावेशीकरण र आर्थिक जोखिम व्यवस्थापनमा आफ्नो प्रभावकारी योगदानको प्रतिफलका रूपमा व्याख्या गरेको छ।
कम्पनीले स्थापनाकालदेखि नै बीमाको पहुँच विस्तार, नवीन बीमा योजनाको विकास तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। हाल शिखर इन्स्योरेन्सले देशका ७३ जिल्लामा फैलिएका १३१ कार्यालय सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार सुदृढ वित्तीय अवस्था, सक्षम व्यवस्थापन, व्यावसायिक जनशक्ति, प्रभावकारी पुनर्बीमा व्यवस्था, छिटो तथा पारदर्शी दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री सेवा तथा ग्राहक केन्द्रित कार्यसंस्कृतिले यो उपलब्धि हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
यसैगरी, संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यवस्थापन अभ्यासले कम्पनीलाई नेपाली निर्जीवन बीमा क्षेत्रमा अग्रणी स्थानमा पुर्याएको कम्पनीको दाबी छ।
कम्पनीले आफ्नो सफलतामा योगदान पुर्याउने ग्राहक, अभिकर्ता, सर्भेयर, पुनर्बीमक, सेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्था र सम्पूर्ण कर्मचारीप्रति कृतज्ञता व्यक्त गरेको छ।
शिखर इन्स्योरेन्सले आगामी दिनमा पनि नवीनता, उत्कृष्ट सेवा, सुशासन र व्यावसायिक उत्कृष्टतालाई निरन्तरता दिँदै नेपालको बीमा क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
Shares