प्राइम बैंकको लाभांशमा कर बाधक, सेयरधनीलाई छैन लाभांश

अर्थकागज
प्रकाशित: ०२ पुस २०८०
Image description

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश नदिने भएको छ । आज बसेको कम्पनीको ४८७ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ ।

प्राइम बैंकले चालू आर्थिक वर्षको बजेटको व्यवस्थाअनुसार सरकारलाई मर्जर तथा प्राप्ति र प्रिमियममा सेयर जारी गरेबापतको कर बुझाएको छ । कम्पनीले ठुला करदाता कार्यालयमा २८ करोड ९६ लाख रुपैयाँभन्दा धेरै कर बुझाएको थियो । सोही कारण लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।


प्रतिक्रियाहरू

baburam thapa chhetri

2 years ago

अरबौं नाफा गर्ने बेंक ले 28 करोड कर तिर्दैमा जनता ले लाभांस नपाउने हो त? के ? बेंक ले जति नाफा कमाउंछ सबै .....जनता ले बोनस मै खाईदिएका छन त ?

सम्बन्धित खबर