ई–कमर्स प्लेटफर्महरू र व्यक्तिगत ग्राहकहरूलाई छिटो, भरपर्दो र गुणस्तरीय कुरियर सेवा दिदै डिटीडिसी
काठमाडौ । भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमार्फत विश्वव्यापी रूपमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ कम्पनीले बुधबार हिमालयन होटलमा कार्यक्रमको आयोजना गरेर नेपालको ख्यातिप्राप्त लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेस प्रा.लि.सँग रणनीतिक साझेदारी गरेको हो । डीटीडीसी अष्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जी रहेका थिए । उनले नेपालमा डीटीडीसीको विस्तारलाई विश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्त्वपूर्ण कदम को रूपमा रहेको बताए ।
उनले भने“नेपाल हाम्रो लागि रणनीतिक रूपमा महत्त्वपूर्ण गन्तव्य हो। युनिभर्सल एक्सप्रेससँगको साझेदारीले हामीलाई विश्वभर कुरियर तथा ढुवानी सेवा विस्तार गर्न मद्दत गर्नेछ । हामी अन्तर्राष्ट्रिय ढुवानी, ई–कमर्स लजिस्टिक्स र अन्तिम–माइल डेलिभरी सेवामा नयाँ उचाई कायम गर्न चाहन्छौं।
यस साझेदारीमार्फत डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ। नेपालमा मजबुत सञ्जाल भएको युनिभर्सल एक्सप्रेस प्रा. लि. ले डीटीडीसीलाई विश्वव्यापी सञ्जाल विस्तार गर्न, सेवा गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय ढुवानीलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास लिईएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares